PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

उपत्यकामा यसरी मनाइयो यःमरि पुन्हि

उपत्यकामा यसरी मनाइयो यःमरि पुन्हि

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज यःमरि पुन्हि। यो नेवार समुदायले मनाउने पर्व हो। यो पर्व नेपाल सम्बतको दोस्रो महिना तथा थिंला पूर्णिमाको पहिलो पूर्णिमा (अर्थात धान्य पूर्णिमा)को दिनमा मनाउने गरिन्छ। उपत्यकाका ज्यापु समुदायले यसलाई ज्यापु दिवसका रुपमा पनि मनाउने गर्दछन्।

यो दिनमा विशेष प्रकारको योमरी नामक परिकार बनाएर खाने चलन छ। योमरी तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार हो। जुन नयाँ भित्र्याइएको धानको चामलबाट बनाइन्छ। यो दिनमा योमरी खाइने भएकोले पनि यसलाई योमरी पुन्ही (अर्थात योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ।

आज साँझ टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन छ। यो एक प्रकारले देउसी, भैलो जस्तै प्रचलन हो। योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो।

आजको दिनमा नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहेको छ। यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन पनि छ। यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर भोज खुवाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell