PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

सात किलो चरेससहित चार जना प्रहरीको नियन्त्रणमा



एम बम

सात किलो चरेससहित चार जना प्रहरीको नियन्त्रणमा

कैलाली : प्रहरीले कैलालीमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई हाल गोदावरी नगरपालिका-२ बस्ने ३२ वर्षका जसमल सिंह ठगुन्ना, मार्मा-१ का २७ वर्षीय जीवन सिंह ठगुन्ना, सोही ठाउँका २५ वर्षीया उकिल सिंह ठगुन्ना र अपीहिमाल गाउँपालिका-४ का २४ वर्षीय हिक्मत सिंह धामी छन्।

बिहीवार बिहान इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआइटी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। टोलीले कडायत टोलस्थित वसन्त राज भट्टको घरमा कोठा भाडामा बस्ने जसमल सिंह ठगुन्नाको कोठामा लुकाई राखेको अवस्थामा चरेससहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell