PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुडान काण्डका ठेकेदार शम्भु भारतीको मुद्धा पुनरावलोकन गर्न सर्वोच्चको आदेश



पहिलोपोस्ट

सुडान काण्डका ठेकेदार शम्भु भारतीको मुद्धा पुनरावलोकन गर्न सर्वोच्चको आदेश

काठमाडौं : सुडान घोटाला काण्डमा परी भष्टाचार अभियोगमा थुनामा रहेका ठेकेदार शम्भु भारतीको मुद्धा पुनरावलोकन हुने भएको छ।

बिहीवार सर्वोच्च अदालतले मुद्धा पुनः सुनुवाई गर्ने आदेश दिएको हो। न्यायाधीशहरु तेजबहादुर केसी, मनोजकुमार शर्मा र प्रकाशकुमार ढुङ्गानको इजलासले पुनः सुनुवाइ गर्न आदेश दिएको हो।

गत भदौमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले शम्भु भारतीलाई लालितपुरको भैसेपाटीबाट नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख रुपैयाँ र एक वर्ष कैद सजाय सुनाएको थियो।

सुडान घोटलामा सर्वोच्चले २०७३ जेठ १७ गते पूर्व महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीलाई दोषी ठहर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell