PahiloPost

May 15, 2026 | १ जेठ २०८३

अमेरिकी डाक्टरले गरे एसिड पीडित मुस्कानको प्लाष्टिक सर्जरी



राधेश्याम पटेल

अमेरिकी डाक्टरले गरे एसिड पीडित मुस्कानको प्लाष्टिक सर्जरी
एसिड आक्रमणकी पीडित मुस्कान खातुनसँग मेयर सरावगी।

वीरगंज : तेजाब प्रहारबाट घाइते भएकी मुस्कान खातुनको बुधवार प्लास्टिक सर्जरी गरिएको छ। अमेरिकी तथा नेपाली डाक्टरहरुको टोलीले मुस्कानको प्लास्टिक सर्जरी गरेको हो। वीरगंजको छपकैंया निवासी मुस्कानको तीन महिनादेखि कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पुगेर मेयर सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागि उक्त आर्थिक सहयोग प्रदान गरेका हुन्। वीरगंज महानगरपालिका कार्यालयद्वारा २ लाख र मेयरले व्यक्तिगत १ लाख गरी कुल तीन लाख नगदको चेक हस्तनान्तरण गरेका थिए।

मेयर सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक सुविधाको व्यवस्थापन समेत गरिदिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell