PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

काठमाडौंमा भूकम्पको महसुस



पहिलोपोस्ट

काठमाडौंमा भूकम्पको महसुस

काठमाडौं : काठमाडौंबाट करिब ५० किलोमिटर पूर्वोत्तरमा रहेको सिन्धुपाल्चोक जिल्लाको सेर्माथाङ केन्द्रविन्दु पारेर भएको भूकम्पको असर काठमाडौं पनि अनुभव गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्नेच्युड क्षमताको भूकम्प महसुस गरिएको हो। साँझ ७ बजेर ११ मिनेट जाँदा कम्पन महसुस भएको हो।  

यसअघि गत मंसिर ११ गते सिन्धुपाल्चोक नै केन्द्रबिन्दु रहेर भूकम्प भएको थियो। त्यतिखेर ५ म्याग्नेच्युड क्षमताको कम्पन रेकर्ड भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell