PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विस्फोट गराई फिरौती माग्ने प्रमोद गोढसहित ४ जना पक्राउ



राधेश्याम पटेल

विस्फोट गराई फिरौती माग्ने प्रमोद गोढसहित ४ जना पक्राउ

वीरगंज : बारा प्रहरीले बिष्फोट गरी फिरौती असुली गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा परवानिपुर गाँउपालिका वडा नं.४ का प्रमोद साह गोढ, सोही स्थानका देव शंकर राम, जितपुरसिमरा –२० का अच्छेलाल गोसाई, बारा फेटा गाँउपालिका वडा नं.३ का दिपेन्द्रकुमार धानुक रहेका छन्।

परवनीपपुर गाँउपालिका वडा नं.४ स्थित एमएस इट्टा उद्योगका संचालक जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.२५ का मनोजप्रसाद साह तेलीलाई गोढले दुई महिना पहिले देखि पटकपटक फोन गरी १५ लाख फिरौती माग्दै आएका थिए। तर ईटा उद्योग सञ्चालक मनोज साहले फिरौती रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते प्रमोदलगायत चार जना व्यक्तिहरुले उक्त इट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिन त्रास देखाउदै सञ्चाककलाई धम्काउन शुरु गरे।

एसएमएस तथा फोनबाट धम्की दिई मंसिर २५ गते गोढले ईटा उद्योगी साहलाई फोन गरी फिरौती रकम ३ लाख लिन बोलाएको अवस्थामा परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरबाट चार जना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको बाराका प्रहरी नायब उपरीक्षक रन्जीतसिंह राठौरले जानकारी गराए। पक्राउ परेका चारै जनामाथि मुलुकी अपराधसंहिता २०७४ परिच्छेद २१ दफा २५३ बमोजिम अपराधिक लाभ कसुर मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए।

यस्तो छ पक्राउ परेको मुख्य नाइके प्रमोदको प्रहरी रिपोर्ट

गोढलाई मिति २०७३ चैत २८ गते पर्सा,वीरगंज – ८ स्थित सडकबाट पर्सा प्रहरीले अवैध घरेलु नलकटुवा बन्दुक थान १ र ३ राउन्ड गोलीसहित पक्राउ गरी हातहतियार खरखजना मुद्दामा मुद्दा चलाएको थियो। साथै, बारा प्रसौनी गाउँपालिका वडा नं ४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई मोबाइलबाट धम्की दिई ५० लाख रुपैया फिरौती माग गरेको र फिरौती रकम नदिए पश्चात मिति २०७६ असोज  १० गते  रातको समयमा सुतली बम बिष्फोटन गराएको रहस्य खुलेको छ। परवानीपुर गाउँपालिका वडा नं ४ स्थित नारायणी आयल रिफाइनरीमासमेत धम्की दिई फिरौती रकम माग गरेको र रकम नदिए पश्चात मिति २०७६ असोज २ गते सुतली बम बिष्फोटन गराएको, सो रिफाइनरीबाट २५ हजार रुपैयाँ रकम लिएको बताइएको छ। गोढसँग ३ वटा मोबाइल चालु अवस्थामा रहेको र बरामद भएको, फिरौती रकम माग गर्न फरक फरक सिम प्रयोग गर्ने गरेको बुझिएको बारा प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell