PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु



रासस

माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

दमौली : माटोको ढिस्कोले पुरिएर तनहुँमा आज एक जनाको मृत्यु भएको छ। तनहुँको भिमाद नगरपालिका-८ टुकमराङमा ढुंगाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ढुंगाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell