PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रसिद्ध पर्यटकीयस्थल खप्तडमा पनि हिमपात



रासस

प्रसिद्ध पर्यटकीयस्थल खप्तडमा पनि हिमपात
फाइल फोटो (रासस)।

डोटी : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात शुरु भएको छ। बुधवार रातिबाट हिमपात हुँदा तापक्रम निकै घटेको खप्तडमा तैनाथ गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए।

उनले भने, 'बुधवार साँझदेखि नै अत्यधिक चिसो छ। बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ।'

उनका अनुसार गएराति सो क्षेत्रको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो।

यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो। हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीयवासी दीर्घ बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell