PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद सजाय



रासस

दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्नेलाई १० वर्ष कैद सजाय

नुवाकोट : दृष्टिविहीन युवतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ। किस्पाङ गाउँपालिका-३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई नुवाकोट जिल्ला अदालतले दोषी ठहर गर्दै सजायको फैसला गरेको हो।

बलात्कार कसुरमा पक्राउ परेका तामाङलाई जिल्ला अदालतका न्यायधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधवार १० वर्ष कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार शिवप्रसाद बञ्जाराले आज जानकारी दिए।

जबर्जस्ती करणी कसुरमा सात वर्ष र अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरेकाले थप तीन वर्ष गरी १० वर्ष सजायको फैसला भएको हो। तामाङलाई २०७५ चैत ९ गते घरमा कोही नभएको बेलामा शौचालय गएकी दृष्टिविहीन युवतीलाई शौचालयमै जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell