PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

युरोपा लिगः म्यानचेस्टर युनाइटेडको जित, ११ मिनेटमा ४ गोल



पहिलोपोस्ट

युरोपा लिगः म्यानचेस्टर युनाइटेडको जित, ११ मिनेटमा ४ गोल

युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एजेड अल्कमारमाथि ४–० को फराकिलो जित निकालेको छ। घरेलु मैदानमा सहज जित निकालेको युनाइटेडका लागि मासन ग्रिनउडले २ गोल तथा एस्ले योङ र जोन माटाले समान १/१ गोल गरे।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा युनाइटेड हावी भएको थियो। उसका लागि खेलको ५३औँ मिनेटमा एस्ले योङले गोल गर्दै अग्रता दिलाए। ग्रिनउडले गोल गरेपछि लगातार गोल गरेको युनाइटेडले त्यसको ११ मिनेटभित्र ४ गोल गर्‍यो।

फेरि ५८औँ मिनेटमा ग्रिनउडले अर्को गोल थपे।

त्यस्तै ६२औँ मिनेटमा जोन माटाले पेनाल्टीमार्फत गोल गरे। फेरि २ मिनेटभित्रै ग्रिनउडले गोल थप्दा युनाइटेडले ४–० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै युनाइटेड समूह विजेताका रुपमा अर्को चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell