PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदै, यस्तो छ रुट



पहिलोपोस्ट

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदै, यस्तो छ रुट

काठमाडौँः दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराउने तयारी राष्ट्रिय खेलकुद परिषदले गरेको छ। शुक्रबार दिउँसो ११ बजेबाट खेलाडीलाई नगर परिक्रमा गराउने तयारी राखेपको छ।

खेलाडीको नगर परिक्रमा ११ बजे त्रिपुरेश्वरस्थित राखेप परिषरबाट सुरु हुनेछ। न्यूरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधेराधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः सल्लाघारी, राधेराधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्रांगणमा आएर टुंगिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell