PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

नेपाल निलो र जापानी लिग टिमबीच मैत्रीपूर्ण फुटबल हुँदै



पहिलोपोस्ट

नेपाल निलो र जापानी लिग टिमबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौँः नेपाल निलो र जापानको जे लिग खेल्ने टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल दिउँसो ३ बजे दशरथ र‌ंगशालामा हुनेछ।

नेपाल निलोमा राष्ट्रिय टिम, यु २३ र यू १९ का खेलाडीहरु रहने छन्। त्यस्तै जापानी टिममा जे लिग खेल्ने मिश्रित यु २२ खेलाडीहरु रहेका छन्। यसअघि नेपाली यु २३ सँग खेल खेल्ने चर्चा भए पनि सागपछि केही खेलाडी घाइते भएको हुँदा मिश्रित टिम नेपाल निलोको नामले खेल्ने तयारी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

खेल हेर्न सामान्यतर्फ ५०० रुपैयाँ र भिआइपीतर्फ १००० रुपैयाँ टिकट निर्धारण गरिएको छ।

नेपाल भ्रमणका क्रममा रहेको जापानी टोलीले आइतबार मनाङ मर्स्याङ्दी क्वबसँग खेल्ने छ।

जापानी टिमका मुख्य प्रशिक्षक इबाताले आफूहरु जापानको फुटबल एशोसिएशनको आग्रहमा एक आपसमा मित्रता र टिम स्पिरिट बढाउन नेपाल आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell