PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भन्सार छलेर ल्याइएको ६ लाखको सामानसहित एक भारतीय नागरिक पक्राउ



एम बम

भन्सार छलेर ल्याइएको ६ लाखको सामानसहित एक भारतीय नागरिक पक्राउ

कैलालीः कैलालीमा भन्सार छलीका कपडासँगै एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लम्किचुहा नगरपालिका १ स्थित टीकापुर–लम्की सडक खण्डबाट बिहीबार अवैध रूपमा भन्सार छली गरेर ल्याइएको ६ लाख ११ हजार ६ सय ६० मूल्य बराबरको कपडा बरामद गरिएको हो।

कपडासँगै यूपी ३१ टी ३१०२ नम्बरको बोलेरो जिप पनि नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ।

सामानसँगै भारतको खिरी तिकुनीयाका ३५ वर्षीय जाबेर खान पनि पक्राउ परेका छन्।

पूर्व सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरी सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell