काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले पुस ६ गतेसम्म दर्ताको समय दिएको हो।
दर्ताका लागि राजनीतिक दलले राजनीतिक दलको नाम, ठेगाना, केन्द्रीय कार्यसमितिका पदाधिकारी र संख्यालगायतका विवरण खुलाउनु पर्नेछ।
दलको विधान, घोषणापत्र, नियमावली, लेखा परीक्षण विवरण पनि आवश्यक पर्नेछ।