PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

अध्यक्ष प्रचण्डले डाकेको नेकपा सचिवालयको बैठक स्थगित



पहिलोपोस्ट

अध्यक्ष प्रचण्डले डाकेको नेकपा सचिवालयको बैठक स्थगित
फाइल फोटो

काठमाडौं : नेताहरुको व्यस्तताले आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को  सचिवालय  बैठक स्थगित भएको छ।

मंसिर २३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षतामा बसेको सचिवालय बैठकले आज अपह्रान्नको लागि बैठक डाकेको थियो। नेकपा कार्यालय सचिव इश्वरी रिजालले नेताहरुको व्यस्तताले आज बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिए। उनले भने, 'नेताहरू व्यस्त भएकाले आज बस्ने तय भएको बैठक भोलिका लागि सारिएको छ।'

आजको बैठकमा २९ गतेका लागि डाकिएको स्थायी कमिटीको बैठकका एजेन्डाबारे छलफल गर्ने तयारी थियो। प्रचण्ड एक वर्षपछि बस्न लागेको स्थायी कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदन लेख्नमा व्यस्त रहेको बताइएको छ।

अध्यक्ष प्रचण्डको अध्क्षयतामा बसेको पहिलो बैठकमा ९ सदस्यीय सचिवालय सदस्यमध्ये ६ जनामात्र उपस्थित रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell