PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कारको ठक्करबाट एक जनाको मृत्यु



रासस

कारको ठक्करबाट एक जनाको मृत्यु

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनवल नगरपालिका-१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन्।

काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बडेरामा उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। कार र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell