PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पिकनिक गएको बस दुर्घटना, २२ जना विद्यार्थी घाइते



पहिलोपोस्ट

पिकनिक गएको बस दुर्घटना, २२ जना विद्यार्थी घाइते
फोटो : रासस।

भक्तपुर : सूर्यविनायक नगरपालिका-८ घ्याम्पेडाँडामा आज कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन्।

काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट घ्याम्पेडाँडामा पिकनिक मनाउन जाने क्रममा साँघुरो सडकबाट बस खसेर दुर्घटना हुँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। अन्य २० घाइते खतरामुक्त रहेका महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

पिकनिकका लागि ११ गाडीमा कलेजका विद्यार्थी र शिक्षक गएका उक्त बस पाइलट बाबा आश्रम नजिकै सडकबाट खसेर रुखमा अड्केपछि ठूलो दुर्घटनाबाट बचेको उनले बताए। दुर्घटनाका घाइतेमध्ये दुईको भक्तपुर अस्पतालमा र अरुको सल्लाघारीस्थित डा इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell