PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

हिउँमा टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु



रासस

हिउँमा टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्ला : हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा गापा वडा नम्बर १ का २६ वर्षीय सोनाम मेगुर लामा र वडा नम्बर ४ का ३६ वर्षीय याल्वाङका सावेल लामा रहेका छन्।

विहीवार सो गाउँपालिकाको मुचुको पातेल्नमा तेल ल्याउँदै गरेको टिपर दुर्घटनामा परेको थियो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरुको उपस्वास्थ्य चौकी मुचुमा उपचार भइरहेको छ।

मौसमका कारण जिल्ला अस्पतालबाट चिकित्सक जान नसक्दा शव परीक्षण हुन सकेको छैन। त्यस्तै घाइतेलाई उपचारका लागि काठमाडौं पठाउन समेत समस्या परेको व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रपाल लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell