PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झरीमा जापानी लिग टिमसँग नेपालको भिडन्त, यस्तो भएको थियो खेल

झरीमा जापानी लिग टिमसँग नेपालको भिडन्त, यस्तो भएको थियो खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज नेपाली राष्ट्रिय टिम, यू २३ तथा यू १९ टिमलगायतका सदस्य सम्मिलित नेपाल निलो जापानी फुटबल लिगको टिमसँग पराजित भएको छ। 

जापानी लिगका यू २२ फुटबल खेलाडी सम्मिलित टिमले नेपाललाई ४–० ले हराएको हो।

खेल शुरु नहुँदैदेखि परेको झरीले खेललाई प्रभावित पारेको थियो। भोला सिलवालको कप्तानीमा रहेको नेपाल निलोलाई जापानी टिमले खेलको ३० औं मिनेटमा नै पछि पारेको थियो। खेलको ३० औं मिनेटमा मासासागियो सुगिताले गोल गर्दै जापानी टिमलाई अग्रता दिलाएका थिए।
 
पहिलो हाफमा १ गोलले अघि रहेको जापानले दोस्रो हाफमा ३ गोल थप्यो। खेलको ४९ औं मिनेटमा फेरि जर्सी नम्बर ७ का सुगिताले नै गोल थप्दै अग्रता दोब्बर पारे। सातोसी सानोमाताले ६३ औं र ७४ औं मिनेटमा टोसिकी सासाकीले गोल गर्दा जापानी टिमले नेपाल निलोलाई ४–० ले पराजित गर्‍यो।



ट्रेन्डिङ पोस्ट

Ncell