PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पर्सा निर्माण व्यवसायी संघमा विवाद : चौरसियालाई बाइपास गरी नेतृत्व सम्हाल्ने दाउमा पटेल



राधेश्याम पटेल

पर्सा निर्माण व्यवसायी संघमा विवाद : चौरसियालाई बाइपास गरी नेतृत्व सम्हाल्ने दाउमा पटेल

वीरगंज : पर्सा निर्माण व्यवसायी संघमा अधिवेशन र सधारण सभालाई लिएर विवाद उत्पन्न भएको छ। संघका प्रथम उपाध्यक्ष दिवाकर पटेलसँग कार्यसमिति र अन्य सदस्यहरुको बहुमत साथ रहेकोले यसापाली वर्तमान अध्यक्षलाई बाइपास गरी आफनै नेतृत्व लिने दाउमा रहेका छन्। प्रथम उपाध्यक्ष दिवाकर पटेल नेतृत्वले बिहीवार बैठक बस्दै आगमी मंसिर २९ र ३० गते पर्सामा जिल्लामा ११ अधिवेशन र १६ औं सधारण सभा गर्ने निर्णय गरेको छ।

वर्तमान अध्यक्ष रमाकान्त चौरसिया समुहबाट असन्तुष्ट पक्ष पटेलको टिमले निर्माण व्यवसायी संघको सभाहलमा भेला बस्दै यस्तो निर्णय गरेको हो।  संघले अनियमित किसिमले सदस्यता वितरण,वर्तमान अध्यक्ष तथा सचिवले संघर्षको अनुदान रकममा भ्रष्टाचारी गरेको, संघ नविकरण नगरेको, संघको लेखा परिक्षण बाँकी रहेको जस्ता कारणले ३१४ सदस्यीय संघका बहुमत सदस्यले वर्तमान अध्यक्ष नेतृत्वबाट असन्तुष्ट बनेर छुटै भेला बसी संघको आगामी गतिविधि तय गरेको प्रथम उपाध्यक्ष दिवाकार पटेलले बताए।

यसअघि चौरसिया समूहको निर्माण व्यवसायीहरुले समुहले बुधवार बैठक बसी मंसिर २७ र २८ गते जिल्लाको १६ सधारण सभा र ११ आधिवेशन गर्ने निर्णया गरेको थियो। वर्तमान रमाकान्त चौरसिया अध्यक्ष रहेको कार्य समितिले संघको विधान विपरित कार्य रहेको भन्दै छुटिएर संघ चलाउने र सधारण सभा तथा अधिवेशन गर्न बहुमत सदस्यको सहभागिता पनि भेला गरेर देखाउने दाबीसमेत प्रथम उपाध्यक्ष दिवाकार पटेलले गरेका छन्।

पटेलको भेलामा वर्तमान कार्य समितिका निवर्तमान अध्यक्ष मोहनप्रसाद यादव, द्वितिय उपाध्यक्ष हीरालाल कुर्मी, कोषाध्यक्ष उमेश क्षेत्री, सह कोषाध्यक्ष महताब अहमद,सदस्यहरुमा राजु पटेल, सूर्य कोइराला, धुरेन्द्र कुर्मी, प्रेमनारायण सर्राफ, राजकिशोर कुर्मी, लालबाबु राउत कुर्मी, प्रदीपकुमार साह, साबिर अन्सारी, रमेश पाण्डे र ध्रुबकुमार कुर्मीलगायतको उपस्थिति रहेको थियो। यता पटेलको समूहले शुक्रवार साँझ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा सधारण सभा र अधिवेशनको तयारीको विषयमा निर्माण व्यवसायीहरुको भेला बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell