PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाइट क्लब जाँदाको फल : महत्वपूर्ण खेल गुमाएका चार फुटबल खेलाडीले ए डिभिजन पनि खेल्न नपाउने



पहिलोपोस्ट

नाइट क्लब जाँदाको फल : महत्वपूर्ण खेल गुमाएका चार फुटबल खेलाडीले ए डिभिजन पनि खेल्न नपाउने

काठमाडौं : विश्वकप तथा एसिया कपको छनोट अन्तर्गतको कुवेतसँगको ‘होम गेम’को अघिल्लो दिन नाइट क्लवमा भेटिएका ४ खेलाडीलाई एन्फाको अनुशासन समितिले कार्वाही गरेको छ। उनीहरुको असान्दर्भिक व्यवाहारका लागि ४ जनै खेलाडीलाई समितिले ‘सस्पेन्ड’ गर्न निर्णय गरेको हो। आजैबाट लागू हुने गरी उनीहरुलाई सस्पेन्ड गरिएको हो।

समितिले विमल घर्ती मगर र दिनेश राजबंशीलाई ९० दिन तथा सन्तोष तामाङ र अन्जन विष्टलाई ४५ दिनका लागि सस्पेन्ड गरेको हो। चारैजना खेलाडीलाई समितिले समान ५० हजार रुपैयाँ जरिवाना समेत गराउने भएको छ।

मङसिर ३ गतेको नेपाल र कुवेतको खेलमा जाने अघिल्लो दिनको व्यवहारका कारण एन्फाले तत्कालै चारै जना खेलाडीलाई टिमबाट हटाएको थियो।

उनीहरुमध्ये केहीको नाम भर्खरै सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा पनि सहभागी हुने तयारी थियो। तर, पछि सागबाट पनि उनीहरुको नाम हटाइएको थियो।

मंसिर २८ बाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिग समेत यी खेलाडीले खेल्न नपाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell