PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ



रासस

‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

पक्राउ परेका पराजुली विप्लव समूहका स्याङ्जा जिल्ला इन्चार्ज भएको उनले बताए। क्षेत्री भने विप्लव समूहका कार्यकर्ता मात्र भएको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell