PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु



पहिलोपोस्ट

धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु

  • सुमित मिश्र -

जनकपुरधाम : धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो।

मेडिकल व्यवसायी ४८ वर्षीय राजेश साह, उनका करिब १६ वर्षीय छोरा आनन्द साहको समेत मृत्यु भएको छ। साहका अर्का छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

राजेश साह र उनका छोराको मृत्यु जनकपुरधामकै प्रादेशिक अस्पतालमा भएको हो भने प्रहरी निरीक्षकको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell