
सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ। गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराइएको हो। विस्फोटबाट झ्याल, ढोका क्षति पुगेको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
घटनामा संग्लनता भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
गए राति नै धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल सहित तीन जनाको मृत्यु भएको हो।