PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शहीद स्मारक 'ए' डिभिजन लिग आजबाट शुरु, पहिलो खेलमा मछिन्द्रको ब्रिगेड ब्वाइजमाथि जित



पहिलोपोस्ट

शहीद स्मारक 'ए' डिभिजन लिग आजबाट शुरु, पहिलो खेलमा मछिन्द्रको ब्रिगेड ब्वाइजमाथि जित
फोटो : Goal Nepal।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग आजबाट शुरु भएको छ। आज दशरथ रंगशालामा खेल हुने बताइए पनि पछि एन्फा कम्प्लेक्स सातदोबाटोमा सारिएको थियो।

आज भएको उद्घाटन खेलमा स्टार खेलाडीहरु लिएर लिग जित्ने लक्ष्यका साथ उत्रिएको मच्छेन्द्र क्लवले ब्रिगेड ब्वाइजमाथि २-० को जित निकालेको छ। पहिलो हाफमै १ गोलको अग्रता बनाएको मच्छेन्द्रले दोस्रो हाफमा पनि १ गोल थप्यो।

खेलको ३० औं मिनेटमा मच्छेन्द्रले अग्रता बनाएको थियो। मच्छेन्द्रका लागि जर्सी नम्बर १० का योगेश गुरुङले गोल गर्दै जारी लिगमा पहिलो गोल गर्ने खेलाडी बने। त्यस्तै दोस्रो हाफको शुरुमै जर्सी नम्बर १७ का दीपक राईले गर्दै मच्छेन्द्रलाई २ गोलले अगाडि बढाए। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए।

मच्छेन्द्रले पहिलो हाफबाटै आक्रमक खेल खेलेको थियो। खेलको १९ औं मिनेटमा रन्जित धिमालले फ्रि-किकमार्फत प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो। दोस्रो हाफमा पनि अभिषेक रिजालको हेडिङमार्फत प्रहार गरेको गोल पोस्ट नजिकै बाट बाहिरिएको थियो।
यता ब्रिगेड ब्वाइजले पनि पटकपटक अवसर बनाए पनि ‘फिनिसिङ’मा चुकेको थियो। खेलको ७६ औं मिनेटमा ब्रिगेड ब्वाइजले खाली पोस्टको अवसर पाएपनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफमा ब्रिगेड ब्वाइज आक्रमक देखिएको थियो। दुई गोल गरेपछि रक्षात्मक देखिएको मच्छेन्द्रलाई दोस्रो हाफमा ब्रिगेडलाई रोक्न हम्मेहम्मे परेको थियो।

भोलि भने शहीद स्मारक लिगका खेल हुने छैनन्। नेपाल भ्रमणका क्रममा रहेको जापानी लिगको 'ए' डिभिजन टिमले शहीद स्मारक लिगको साविक विजेता मनाङ मर्स्याङदी क्लवसँग खेल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell