PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

माछाको जालमा भेटियो शिशुको शव



रासस

माछाको जालमा भेटियो शिशुको शव
प्रतीकात्मक तस्विर।

सप्तरी : सप्तरीको रुपनी गाउँपालिका-३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ।

तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell