PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अन्तत: रहेनन् कलाकार दीपक क्षेत्री



पहिलोपोस्ट

अन्तत: रहेनन् कलाकार दीपक क्षेत्री
फाइल फोटो

कलाकार दीपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय क्षेत्री डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएका हुन्। मृत्युको कारण पुष्टि भएको छैन। उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्‍याइएको छ।

तीन वर्ष अघिसम्म आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन। त्यसपछि उनी थलिएका थिए। उनको स्वरको नलीमा मासु पलाएको थियो। समयमा उपचार नहुनुका कारण उनले स्वर नै गुमाएका थिए।

सन् २०१७ को मार्च महिनामा विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग रकम जुटेपछि उनको स्वर नलीको शल्यक्रिया गरिएको थियो। त्यसपछि पुन: अभिनयमा फर्किए।

पछिल्लो समय उनी अभिनित ‘छ माया छपक्कै’ सार्वजनिक भएको थियो। फिल्ममा उनले चुनावी उम्मेद्वारको भूमिका निभाएका थिए।

फिल्म ‘सेतो सूर्य’मा उनले गरेको अभिनयको तारिफ गर्दै हलिउड समीक्षकले लेखेका थिए: ‘दृश्यलाई जीवन्त तुल्याउन ज्यान दिने अभिनेता।’

दीपकले नेपाली फिल्महरु ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’, ‘मसान’ लगायतमा अभिनय गरेका छन्।

दीपक लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय मेकअप आर्टिस्ट एवं हिसिला यमीको क्यारिकेचर गरेर चर्चामा आएकी विपना बस्नेतका श्रीमान् हुन्। उनीहरुकी छोरी रीस्ता बस्नेतले पनि केही फिल्ममा काम गरेकी छिन्।

विपना र रीस्ता देश बाहिर रहेका कारण दीपकको अन्त्यष्टि आइतबारमात्र गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell