PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एनसेल मेलामा कलाकारहरुको भिड, इटहरीमा भव्य कार्यक्रम



पहिलोपोस्ट

एनसेल मेलामा कलाकारहरुको भिड, इटहरीमा भव्य कार्यक्रम

इटहरी : एनसेलले शनिबार इटहरीमा ‘एनसेल मेला २०७६’ गरेको छ। आफ्नो ब्राण्ड प्रवर्द्धनसहित भ्रमण वर्ष २०२०लाई समेत सहयोग गर्न कम्पनीले यो कार्यक्रम गरेको हो।

मेला जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा बिहान ११ बजे शुरु भएर साँझ सम्म चलेको थियो।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सो क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणहरुको बारेमा जानकारी गराइएको थियो। चर्चित गायकहरु दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालि प्रसाद बास्कोटा, मेलिना  राई, टीका प्रसाँई, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुती दिएका थिए। मेलामा कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकहरुलाई थप उर्जा थपेको थियो।

मेलाको अवसर पारेर एनसेलले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स् (पिओएस)/खुद्रा बिक्रेताहरुलाई पुरस्कार स्वरुप बाइक पनि हस्तान्तरण गरेको छ। यो योजनाको प्लाटिनम समुह अन्तर्गत प्यासेफिक मार्केटिङ र फ्रेन्डस् कम्युनिकेशनले १–१ थान बाइक जित्न सफल भएका छन्।

मेलामा बालबालिकाका लागि किड्स जोनमा पेन्टिङ्ग, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ्ग र एङ्ग्री बर्ड लगायतका गेम राखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell