PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टुँडिखेलमा उधौली रौनक : 'सोई ढोले'को तालमा मर्काए कम्मर, हेर्नुस् २० फोटोमा 

टुँडिखेलमा उधौली रौनक : 'सोई ढोले'को तालमा मर्काए कम्मर, हेर्नुस् २० फोटोमा 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: किरात समुदायको महान चाड साकेला उधौलीका अवसरमा आज टुँडिखेलमा साँस्कृतिक प्रदर्शनी भएको छ। 

प्रदर्शनीमा विभिन्न समूहमा किराती समूदायका युवायुवतीदेखि बालबालिका र वृद्धवृद्धासम्म नाचमा रमाएका थिए। 

मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । 

जाडो बढेपछि बेसीतिर झर्ने भएकोले उधौली र गर्मी शुरु भएपछि लेकतिर लाग्ने भएकोले उभौली नाम राखिएको किरातीहरु बताउँछन्। खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ। 

राई, लिम्बू, याक्खा र सुनुवार लगायतका किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ। आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन्। गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजा गरिन्छ।
 
पूजा आराधना गर्ने बिजुवा, धामी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन्। 

पूजाका लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ। पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ। पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उधौली मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell