PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कुटपिटबाट एक जनाको मृत्यु



रासस

कुटपिटबाट एक जनाको मृत्यु

दमौली : तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ. कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएपनि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका थिए।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भानु नगरपालिका–८ का कल्याणी मिश्रलाई पक्राउ गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell