PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो



पहिलोपोस्ट

ला लिगा : शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकियो
तस्बिर: Barcelona/twitter

स्पेनिस ला लिगा अन्तर्गतको गएराति भएको खेलमा शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ।

अग्रता कायम गरेर पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोना घरेलु टोलीसँग बराबरीमा रोकिएको हो। खेलको १२ औं मिनेटमै ओयरजावलले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए। तर ३८ औं मिनेटमा बार्सिलोनाका एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ को बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो।

खेलको ४९ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए। तर बार्सिलोनाले अग्रता जोगाइरहन भने सकेन। ६२ औं मिनेटमा सोसिडाडका इसकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यो पछि दुवै टिमले गोल गर्न नसक्दा खेल २–२ को बराबरीमा रोकियो। जितसँगै १६ खेल खेलेर ३५ अंक बनाउँदै बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। बार्सिलोनालाई पछ्याउँदै १ खेल कम खेलेको रियल मड्रिड ३४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै सेभिल्ला र एथ्लेटिको ३१ र २९ अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell