PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

आजबाट पिपिएलको दोस्रो संस्करण शुरु: पहिलो खेलमा काठमाडौं गोल्डेन्स र पोखरा पल्टन भिड्ने



पहिलोपोस्ट

आजबाट पिपिएलको दोस्रो संस्करण शुरु: पहिलो खेलमा काठमाडौं गोल्डेन्स र पोखरा पल्टन भिड्ने

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणका खेलहरु आजबाट शुरु हुँदैछन्। पोखरामा हुने प्रतियोगिताको पहिलो खेलमा आज विजेता पोखरा पल्टन र काठमाडौं गोल्डन्स भिड्ने छन्।

साविक विजेता पोखरा पल्टन शरद भेषवाकरको कप्तानी उत्रँदैछ भने काठमाडौं गोल्डन्स नेपाली राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रने छ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहनेछ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारीयर्स र धनगढी ब्लुज छन्।

पोखरा पल्टन र काठमाडौं गोल्डन्सबीचको खेल आज दिउसो साढे ११ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell