PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मनाङ मर्स्याङदी क्बलले आज जापानी लिगको टिमसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

मनाङ मर्स्याङदी क्बलले आज जापानी लिगको टिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङदी क्लबले आज नेपाल भ्रमणका क्रममा रहेको जापानी टिमसँग मैत्रीपूर्ण खेल खेल खेल्दैछ।

जापानी लिगका यू २२ खेलाडी सम्मिलित जापानी टिमले यसअघिको खेलमा नेपाल निलोलाई पराजित गरेको थियो। दशरथ रंगशालामा भएको खेलमा भोला सिलवालको कप्तानीमा रहेको नेपाल निलो जापानी टिमसँग ४–० ले पराजित भएको थियो।

मनाङ र जापानी टिमबीचको खेल एन्फा कम्लेक्स सातदोबाटोमा आज दिउँसो ३ बजे शुरु हुनेछ।  

आजको खेल दशरथ रंगशालामै हुने बताइए पनि पछि सातदोबाटो सरेको एन्फाले जनाएको थियो। आजको खेलको कारण शहीद स्मारक ए डिभिजन लिगको तालिका पनि प्रभावित बनेको छ। आज हुने खेल पुष १ गतेलाई सरेको छ भने भोलिको खेल पुष २ गतेलाई सर्ने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell