PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नेकपाको सचिवालय बैठक : स्थायी कमिटीमा छलफलका लागि पाँच एजेन्डा तय



कुञ्जरमणि भट्टराई

नेकपाको सचिवालय बैठक : स्थायी कमिटीमा छलफलका लागि पाँच एजेन्डा तय
फोटो : रासस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले एक वर्षपछि बस्न लागेको  स्थायी कमिटिमा पेश गरिने एजेन्डा तय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पाँच एजेन्डा तयार गरेको हो।   अघिल्लो सचिवालाय बैठकले आजको लागिपार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटि डाकेको थियो। बैंठक आज दिउसो १ बजे बस्दै छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहालको छलफलपछि पाँचै एजेन्डा तय गरिएका हुन्। आजको बैठकमा दुबै अध्यक्षको उपस्थिति थियो।

पाँच एजेन्डामा अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनसमेत समावेश छ।

यी हुन् पाँच एजेन्डा

१. राजनीतिक प्रतिवेदन
२. विधान संशोधन 
३ .केन्द्रीय कमिटिको अर्को बैठकको विषयमा
४ .नेपाल भारत सीमा समस्या
५. विविध



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell