PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

श्रीमतीको हत्या गरेर सेफ्टीट्याङ्कीमा हाल्ने श्रीमानसहित ३ जना पक्राउ



रासस

श्रीमतीको हत्या गरेर सेफ्टीट्याङ्कीमा हाल्ने श्रीमानसहित ३ जना पक्राउ

धादिङ : महिलाको हत्या आरोपमा सिद्धलेक गाउँपालिका-३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सो गाउँपालिका-३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो।

मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए।

मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ। घटनाको थप अनुसन्धान गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell