PahiloPost

Oct 31, 2025 | १५ कात्तिक २०८२

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा यसरी खट्दै सेना, २५ फोटोमा हेर्नुस्



दिनेश खड्का

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा यसरी खट्दै सेना, २५ फोटोमा हेर्नुस्

काठमाडौं : नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको काठमाडौं-तराइ/मधेश द्रुतमार्ग समयमा सक्ने भन्दै तीव्र काम भइरहेको छ। 

आयोजनाको मुख्य तीन संरचना रहेका छन्, पुल, सुरूङमार्ग र सडक। 

७२.५ किलोमिटर कुल लम्बाइमध्ये ५५ किमी सडक पर्दछ भने करिब २० किमि पुल र ६ किमि टनेल पर्दछ। 

सडकको ८० प्रतिशत काम सकिएको सेनाले जनाएको छ। ५५ किमिमध्ये करिब ३० किमि डिजाइन लेभलको काम भइसकेको छ। बाँकी खण्डमा पनि काम धमाधाम छ। 

कडा ढुंगा भएका डाँडाहरू 'ब्लाष्टिङ' गरेर सडक निर्माण भइरहेको छ। करिब १२० मिटरसम्म पहाड काटेर सडक निर्माण गरिने छ। 

सडकसँगै छेउका संरचना, रिटेनिङ वाल, पाइप कल्भर्ट र बक्स कल्भर्टलगायतका संरचनाहरू निर्माण भइरहेका छन्। पहाडमा २५ र तराइमा २७ मिटरमा एसियन हाइवे स्ट्याण्डर्डको सडक निर्माण हुनेछ। 

यो वर्ष रोड-वे कटिङ फिलिङको काम सम्पन्न गर्ने र आगामी वर्ष पुल र सुरूङको कामलाई अघि बढाउने एकीकृत गुरूयोजना बनाएर सेनाले काम गर्दैछ। सुरूङमार्ग पुग्ने स्थानमा 'एप्रोच लिंक' र साइट क्लियर गर्ने काम भइरहेको सेनाले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell