PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनुषा बम विस्फोटमा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने



पहिलोपोस्ट

धनुषा बम विस्फोटमा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने
फोटो : मुख्यमन्त्रीको कार्यालय।

  • सुमित मिश्र-

जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रवार मध्यरातमा भएको बम विस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन्। आइतवार बिहानै मुख्यमन्त्रीसहित प्रदेश सरकारका टोली घटनास्थल पुगी पीडित परिवारलाई सान्तवना दिएका हुन्।

मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए। मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिने उनले बताए।

मुख्यमन्त्री राउतसँगै प्रदेशसभा सभामुख सरोज कुमार यादव, समाजवादीका प्रमुख सचेतक शैलेन्द्र यादव, प्रदेशसभा सदस्य सिंघासन सा कलबार, मुख्यन्यायधिबक्ता दिपेन्द्र झालगायतको सहभागिता रहेको थियो।

शुक्रवार मध्यरातमा बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो। मृतक दाहालसहित राजेश साह र आनन्द साहको शनिवार साँझ अन्त्यष्टि गरिसकेको छ।

घटनाको छानबिनको क्रममा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए।

उनले भने, ‘पक्राउ गरेर अनुसन्धान गर्दैछौं, अहिले नै केही भन्न सकिने अवस्था छैन, तर छिट्टै यसको रिजल्ट आउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell