PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पिपिएल : कुशलको अर्धशतकमा काठमाडौं गोल्डनमाथि पोखराको सहज जित



पहिलोपोस्ट

पिपिएल : कुशलको अर्धशतकमा काठमाडौं गोल्डनमाथि पोखराको सहज जित
फोटो : पिपिएल।

काठमाडौं : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को पहिलो खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डन वारियर्समाथि ९ विकेटको सहज जित निकालेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पोखरालाई ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। काठमाडौंले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमार ११५ रन बनायो।

काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य पोखराले १४ दशमलब १ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो।

पोखराको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ४ चौका र ५ छक्काको मद्धतमा अभिजित ६५ रन बनाए। त्यस्तै रबि इन्दर सिंहले अभिजित ३८ रन बनाउँदा आरिफ शेख १४ रनमा आउट भए। 

शुरुवाती व्याटिङ गरेको काठमाडौंका ब्याट्सम्यानहरु चल्न नसकिरहँदा सुबोध भाटीले ४५ रनको महत्वपूर्ण योगदान दिँदै काठमाडौंलाई सम्मानजनक स्कोरतर्फ डोहोर्‍याएका थिए। उनीबाहेक गौरव तोमरले १३ रन बनाए।

काठमाडौंलाई सस्तैमा समेटन पोखराका ललित नारायण राजबंशी, राशिद खान र कुशल मल्लले समान २/२ विकेट लिए। 

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहेको छ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारियर्स र धनगढी ब्लुज छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell