PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान



पहिलोपोस्ट

ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान

काठमाडौं : पाँच सदस्यीय नेपाली ब्याडमिन्टन टोली आज बंगलादेश प्रस्थान गरेको छ। बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको बंगलादेश जुनियर इन्टरनेशनल सिरिज २०१९ मा प्रतिस्पर्धा गर्न टोली त्यसतर्फ प्रस्थान गरेको हो।

आज एक कार्यक्रमकाबीच टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाई गरे।

डिसेम्बर १७ देखि २२ सम्म आयोजना हुने सिरिजमा प्रतिस्पर्धा गर्न जाने टोलीको नेतृत्व प्रशिक्षक किरण थापाले गरेका छन्। खेलाडीहरुमा दुबई इन्टरनेशनल सिरिजका विजेता प्रिन्स दाहाल, राष्ट्रिय च्याम्पियन रशिला महर्जन, जेशिका गुरुङ र देवराज राना रहेका छन्।

नेपाली खेलाडीहरुले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell