PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

तीन जनाको ज्यान जाने गरी भएको विस्फोटको घटना नसेलाउँदै जनकपुरमा फेरि भेटियो बम



पहिलोपोस्ट

तीन जनाको ज्यान जाने गरी भएको विस्फोटको घटना नसेलाउँदै जनकपुरमा फेरि भेटियो बम

  • सुमित मिश्र -

जनकपुरधाम : धनुषामा बम विस्फोटमा  तीनजनाको ज्यान गएको घटना नसेलाउँदै शंकास्पद वस्तु फेलापर्नेक्रम बढैको छ।

आइतबार राति जनकपुरमा फेरि बम जस्तै शंकास्पद वस्तु फेला परेको हो।

जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति ९ बजे फेला परेको हो। स्थानीय पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ।

अहिले प्रहरीले घेरा हालेर आवत जावतमा रोक लगाएको छ। कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर त्यहाँ रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell