PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल



पहिलोपोस्ट

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

इटलियन सिरि ए मा युभेन्टसले उडिनिसलाई ३–१ ले हराएको छ। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल तथा बोनुस्सीले १ गोल गरे।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले नवौं मिनेटमै रोनाल्डोको गोलमार्फत अग्रता बनाएको थियो। फेरि ३७ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। फेरि पहिलो हाफको अन्तिम मिनेटमा बोनुस्सीले अर्को गोल थप्दा पहिलो हाफमा युभेन्टस ३–० ले अघि थियो।

प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफको अन्तिम मिनेटमा सान्त्वना गोल गर्दै पुस्सेट्टोले टिमलाई अगाडी बढाउन चाहे। तर यो गोल खेल बराबरी गर्न काफी भएन।

जितसँगै युभेन्टस सिरि ए को शीर्ष स्थानमा उक्लिएको छ। १६ खेलमा १२ जित ३ बराबरी र १ पराजय भोगेको युभेन्टसको ३९ अंक छ। दोस्रो स्थानमा रहेको इन्टरले ३८ अंकसहित युभेन्टसलाई पछ्याइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell