PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन



रासस

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको छ । 

भट्टराई ५२ वर्षका थिए। वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो। अहिले महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिए। आठ महिनाअघि उनी बोर्डको अध्यक्ष नियुक्त भएका थिए। 

उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत हुन्।  उनका श्रीमती र एक छोरा छन् । उनको आजै अन्त्येष्टि गरिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell