
पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा एक्सपर्ड धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको गरेको छ।
धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको हो।
धनगढीका लागि कमलसिंह ऐरीले सर्वाधिक २६ रन बनाउँदा श्रीमन्था विजेयेरात्नेले २५ बनाए। त्यस्तै रोड्रिगो थोमसले १६ रन सौरभ खनालले १२ रन तथा मञ्जित श्रेष्ठले ११ रन बनाए। यसबाहेक अरु ब्याट्सम्यानहरु चल्न सकेनन्।
धनगढीका कप्तान दीपेन्द्र सिंह ऐरी भने डकआउट भएका थिए।
धनगढीलाई सस्तैमा समेट्न विराटनगरका लागि सहाब आलमले ३ विकेट लिँदा नोमन खानले २ विकेट लिए। त्यस्तै किसोर महतो, पुनित मेहेरा र मोहम्मद आलमले समान १/१ विकेट लिए।
आजै हुने दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियरले वुटवल ब्लास्टरको सामना गर्नेछ।
पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमको सहभागिता रहेको छ। जसमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारियर्स र धनगढी ब्लुज छन्।