PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु



नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ।

आइतबारबाट पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तुत गरेका थिए।

आइतवार प्रस्तुत एजेन्डामाथि आज ११ बजेबाट छलफल सुरु भएको केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए। 

उनले भने, 'स्थायी कमिटी बैठक सुरु भयो। नेताहरुले आफ्नो धारणा राख्दै हुनुहुन्छ।'
प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा राष्ट्रिय, अन्तराष्ट्रिय परिवेश, उपनिर्वाचन समीक्षा, पार्टी सुद्ढिकरण, सरकारको समिक्षा लगायतका विषय उल्लेख छ।

स्थायी कमिटी बैठक आज सक्ने भनिएपनि लम्बिन सक्ने स्थायी कमिटी सदस्यहरुले बताएका छन्। गत वर्ष मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म चलेको स्थायी समिति बैठक ठ्याकै एक वर्षपछि बसेको हो।

नेकपाको राजनीतिक प्रतिवेदन : महाधिवेशनको प्रस्तावदेखि आत्मालोचनासम्म, १६ पृष्ठमा यी विषय पनि समावेश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell