PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ



रासस

एक किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

जलेश्वर : महोत्तरी जिल्लाको जलेश्वर-मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नम्बर गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए।

आइतवार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी नगरपालिका-९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो। अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गएराति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा जलेश्वरमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell