PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

शहीद स्मारक लिग : पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई हराउँदै आर्मीलाई ३ अंक



पहिलोपोस्ट

शहीद स्मारक लिग : पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई हराउँदै आर्मीलाई ३ अंक

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ। आर्मीले फ्रेन्ड्स क्लवलाई २-१ गोल अन्तरले हराएको हो।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमै नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए।

पहिलो हाफमा आर्मीले १ गोलको अग्रता बनाए पनि दोस्रो हाफमा फ्रेन्ड्स क्लबले गोल फर्काउँदै खेल बराबरीमा ल्यायो। खेलको ५० ‌औं मिनेटमा शक्ती राईले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्काएका हुन्। लिगका लागि तीन जना ब्राजिलियन खेलाडी भित्र्याएको फ्रेन्ड्स क्लवले लिगको सदावहार दाबेदार आर्मीलाई कडा चुनौती दिएको थियो।

अघिल्लो सिजन धेरै बराबरी खेलेर पछि परेको आर्मी फेरि खेलमा फर्कियो। खेलको ८१ औं मिनेटमा गोल गर्दै आर्मीले पुनः अग्रता बनायो। दिनेश हेम्जनले गरेको यो गोल आर्मीको जितका लागि पर्याप्त बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell