PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

यस्तो देखियो दिवंगत कलाकार क्षेत्री र बोर्ड अध्यक्ष भट्टराईको श्रद्धाञ्जलीसभा

यस्तो देखियो दिवंगत कलाकार क्षेत्री र बोर्ड अध्यक्ष भट्टराईको श्रद्धाञ्जलीसभा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सोमवार दिउँसो दिवंगत कलाकार दीपक क्षेत्री र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई श्रद्धाञ्जली दिन चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय प्राँगणमा पुगे कलाकारहरु। 

बोर्डमा आयोजित श्रद्धान्जली सभामा क्षेत्री र भट्टराईको पार्थिव शरीरमा चलचित्र विकास बोर्डको झण्डा ओडाइएको थियो भने भट्टराईलाई नेपाल कम्युनिस्ट पार्टीको झण्डासमेत ओडाइएको थियो।

क्षेत्री र भट्टराईको आज बेलुका पशुपति आर्यघाटमा सरकारको तर्फबाट राष्ट्रिय सम्मान दिएर अन्त्यष्टि गरिने बताइएको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको गएराति हृदयाघातका कारण निधन भएको हो। ५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवासतर्फ फर्कंदै गर्दा बाटोमा बेहोस भएका थिए। उनलाई उपचारको लागि ओम अस्पताल लगिएकामा राति निधन भएको हो।

त्यस्तै कलाकार दीपक क्षेत्रीको शनिवार निधन भएको थियो। उनी डिल्लिबजारस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामै मृत भेटिएका थिए।

तीन वर्ष अघिसम्म आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन। त्यसपछि उनी थलिएका थिए। उनको स्वरको नलीमा मासु पलाएको थियो। समयमा उपचार नहुनुका कारण उनले स्वर नै गुमाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell