PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

पिपिएल : काठमाडौंले बुटवललाई दियो १ सय ४१ रनको लक्ष्य



पहिलोपोस्ट

पिपिएल : काठमाडौंले बुटवललाई दियो १ सय ४१ रनको लक्ष्य
तस्बिर : पिपिएल

काठमाडौं : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल)को आजको दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्सले बुटवल ब्लास्टरर्सलाई १४१ रनको लक्ष्य दिएको छ।

पहिलो खेलमा पोखरासँग पराजित भएको काठमाडौंले आजको खेलमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंका लागि सर्वाधिक रन बनाएका पवन सर्राफले २१ बल खेल्दै ३ चौका र २ छक्काको सहायतामा ३७ रनमा अभिजित रहे। 

त्यस्तै जयकृष्ण कोल्सवालले २८ रन बनाउँदा आदिल खानले २३ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले समान १५/१५ रन बनाउँदा अमर रौटेलाले अभिजत १४ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बुटवलका लागि नितेश थापाले २ विकेट लिँदा हरि बहादुर चौहान र अभिनास बोहोराले समान १/१ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell