PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सिद्धबाबालाई थप सात दिन हिरासत, फेरि लगियो नर्सिङ होम नै



पहिलोपोस्ट

सिद्धबाबालाई थप सात दिन हिरासत, फेरि लगियो नर्सिङ होम नै

विराटनगर : बलात्कारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट तेस्रो पटक समय लिएको हो। अनुसन्धान नसकिएको भन्दै प्रहरीले पुनः म्याद थपको लागि सरकारी वकिल कार्यालय मार्फत् म्याद मागेको थियो। अदालतले दिएको तीन दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएका थिए। अदालतमा उपस्थित गराएर कृष्णदासलाई पुनःविराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स क्याबिनमा नै लागिएको छ। अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ। प्रहरीले बलात्कार गरिएको भनिएकी महिलाको उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ। प्रहरीले प्रमाणको रुपमा महिला र बाबा बीच मोबाइलमा भएको कुराकानी र एसएमएसलाई पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गत कातिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको हो। तर, 'सिद्धबाबा' भने आफूलाई षड्यन्त्रमा पारिएको दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell