
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटीको बैठकमा १२ जना सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रतिवेदनमाथि बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल तथा देबेन्द्र पौडेललगायतले धारणा राखेका हुन्।
आज धारणा राख्ने वक्ताहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमत भएको वैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रत्येक स्थायी कमिटी सदस्यलाई २० आफ्नो धारणा राख्नको लागि मिनेटको समय दिइएको थियो।
बैठक भोलि ११ वजे बस्ने गरी स्थगित भएको छ।